काठमाडौँ, २ मङ्सिरः
नेपाल प्रिमियर लिग (एनपिएल) को आजको खेलमा चितवन राइनोजले कर्णाली याक्समाथि ४ विकेटको जित निकाल्दै सुखद सुरूआत गरेको छ ।


जितपछि चितवन राइनोजका प्रशिक्षक कलाम अलीले सन्तुलित टोली भएकाले जित हासिल भएको बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले भन्नुभयो,“नेपाली र विदेशी खेलाडी मिलेर बनेको हाम्रो टोली सन्तुलित छ । जितको निरन्तरतालाई कायम राख्छौँ । ”
मिडल ओभरमा राम्रो साझेदारी आवश्यक हुँदा आफना खेलाडीले राम्रो खेलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“रबि बोपारा र सैब जैबले पनि राम्रो ब्याटिङ गरे । विदेशी र घरेलु खेलाडी राम्रो भएकाले आगामी दिनमा पनि राम्रो नतिजा आउँछ ।”
पहिलो खेलमा हार ब्यहोरेपछि कर्णाली याक्सका कप्तान सोमपाल कामीले आजको हारबाट धेरै कुरा सिकिएको र अब गल्ती नदोहोरिने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो,“हामीले ब्याटिङ र बलिङ दुवै युनिटमा राम्रो गर्न नसक्दा चितवनसँग हार ब्यहोर्न पुग्यौंँ । ओपनर प्रियान्क पञ्चलले राम्रो गरिरहँदा अन्य ब्याटरले साथ दिन नसक्नुले पनि पहिलो इनिङमा २० रन कम भयो । त्यसले गर्दा चितवनलाई चेज गर्न सजिलो भयो ।”
कप्तान कामीले अझै खेल बाँकी रहेको र उत्कृष्ट कमब्याक गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आजको कमीकमजोरी सच्याएर पुरागमन गर्नेमा २०० प्रतिशत ढुक्क छु ।”
कर्णालीलाई जितेको चितवन राइनोजले २ अङ्क जोडेको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














