नेपाली कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशन प्रचारप्रसार समितिले साेमबार पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौं क्षेत्र नं ५ का कांग्रेस नेता एवं ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् ।
प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि कानुन व्यवसायी एवं महाधिवेशन प्रतिनिधि नारायणप्रसाद भट्टराईले वाचन गर्ने कार्यक्रम छ । यसैगरी कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बन्दसत्रको कार्यक्रम सञ्चालन गर्नेछन् ।


यस्तै, बन्दसत्रमा पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले दुई वटा छुट्टाछुट्टै प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ । महामन्त्रीद्वयले पेस गर्ने प्रस्तावमा राजनीतिक समीक्षा, पार्टीभित्रको विधि, विधान संशोधन र संरचनागत सुधार लगायतका रहेका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














