काठमाडौँ, ५ फागुन

नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम स्कटल्याण्डविरुद्धको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

यससँगै स्कटल्याण्डले ब्याटिङ गरिरहेको छ । यी दुवै टोली विश्वकप समूह चरणबाट बाहिरिसकेका छन् । यस खेल प्रतिष्ठाको हो । यसअघि नेपाल लगातार तेस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपाल पहिलो खेलमा इग्ल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा इटालिसँग पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको थियो । नेपाली टोलीमा आजको खेलका लागि एक खेलाडी परिवर्तन गरेको छ । जसमा करण केसीको स्थानमा सन्दीप जोराले अवसर पाएका छन् ।

नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप जोरा, लोकेश बम, गुलशन झा, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

त्यस्तै, स्कटल्याण्डको प्लेइङ–११ मा जर्ज मुन्से, माइकल जोन्स, ब्रान्डन म्याकमुलेन, रिची बेरिङ्टन (कप्तान), टम ब्रुस, म्याथ्यु क्रस (विकेटकिपर), मार्क वाट, माइकल लिस्क, ओलिभर डेभिडसन, ब्राड ह्विल र ब्राड करी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ