मकवानपुर काठमाडौं सम्पर्क समितिद्वारा निर्वाचन अभिमुखिकरण तथा रणनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस मकवानपुर काठमाडौं सम्पर्क समिति द्वारा आयोजित निर्वाचन अभिमुखिकरण तथा रणनीतिक प्रशिक्षण कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेस उप सभापति पुस्पा भुसाल ज्यू विशिष्ट अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति माननीय इन्द्रबहादुर बानियाँ ज्यू, नेपाली कांग्रेस केन्द्रिय सदस्य जयराम लामिछाने ज्यू नेपाली कांग्रेसको तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र न. १ का उमेदवार महालक्ष्मी उपाध्याय ज्यू र २ का उमेदवार बुद्ध लामा ज्यू लगायत आदरणीय नेताहरुको उपस्तिथिमा सु सम्पन्न भएको छ ।


कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गरेका युवाहरुलाई पार्टिमा स्वागत गरिएको थियो । कार्यक्रम आगामी निर्वाचनमा नेपाली कागँ्रेसका उमेद्धवारहरुलाई कसरी विजयी गराउने, मतदातालाई मतदान स्थल सम्म आउने वातावरण निर्माण गर्ने सम्बन्धमा छलफल तथा जानकारी आदान प्रदान गरिएको थियो । निर्वाचन केन्द्रित युवा परिचालन, प्रचार प्रसारका बारेमा युवाहरुलाई प्रशिक्षित गरिएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














