आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ ।
गत आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ प्रतितोला ७३० रुपैयाँ घटेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।


अन्तर्राट्रिय बजारमा तेल महँगिदा विभिन्न मुलुकलाई खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनुपर्ने बाध्यता छ, यसले डलरको मागसँगै मूल्य बढिरहेको छ । सुन बिक्रीबाट डलर जोहो बढेसँगै सुनको भाउमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














