काठमाडौं, १२ चैतः

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ । केन्द्रीय समितिको बैठकले आज संसदीय दलका नेतामा बालेन्द्र शाहलाई चयन गरेलगतै दलको बैठक पार्टीको केन्द्रीय कार्यालय चमतीमा सुरु भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई पनि सहभागी गराइएको जानकारी दिनुभयो । संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत गर्नुभएको झाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ