ललितपुर ।

ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेलमा आज मध्याह्न भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार मधेस प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको बागमती प्रदेश ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ