काठमाडाैँ ।


अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, काठमाडौँमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
बुधबार आयाेगले उनीविरूद्ध ९३ हजार ८५० रुपैयाँ मागदाबी सहित विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।
विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस / रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने उजुरीका आधारमा टंगालबाट खटिई गएको टोलीले लेखा अधिकृत दाहाललाई रू.१ लाख २० हजार ८५० सहित नियन्त्रणमा लिइएको थियो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














