काठमाडौँ, २६ चैतः
भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।


केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सोही नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो ।
तामाङलाई कुटपिट गरेर उनीहरूले मारेको सूचना स्थानीयले दिएपछि प्रहरी चौकी बोयाँबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














