२७ चैत, काठमाडौं


। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न चार प्रकारका सुविधा थप वा स्तरोन्ति गर्न गर्न देशैभरका विमानस्थल कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै विमानस्थलहरूको सेवा गुणस्तर सुधार सम्बन्धी निर्देशन दिएका हुन् । उनले २४ घण्टाभित्र ती सेवा थप वा स्तरोन्नति गर्न निर्देशन दिएका हुन् ।विमानस्थलहरूमा स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको छ । सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान/बेबी–चेन्जिङ कक्ष सञ्चालन गर्न वा आवश्यकता अनुसार स्तरोन्नति गर्न मन्त्रालयले भनेको हो ।बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिकता हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिइएको छ । बिरामी, जेष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न भनिएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














