काठमाडौँ,
३१ साउन
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब शून्य छमा ओर्लिएको छ ।



यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ३९ मा सीमित भएको छ ।
कूल दुई सय २१ कम्पनीको ६४ लाख छ हजार सात सय ३८ कित्ता शेयर रु दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
बैंकिङ तीन दशमलब ४२, व्यापार ३८ दशमलब शून्य एक, होटल तथा पर्यटन २४ दशमलब ३३, जलविद्युत् ७९ दशमलब दुई, वित्त ४७ दशमलब ८६, निर्जीवन बीमा एक सय ४२ दशमलब शून्य एक, उत्पादन ९८ दशमलब ११, अन्य १० दशमलब ७६, लघुवित्त ५९ दशमलब ७१, जीवन बीमा ८६ दशमलब ५९, सामूहिक लगानी कोष शून्य दशमलब १३ र लगानी एक दशमलब शून्य एक अङ्कले ओरालो लागे ।
मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १४ अर्ब ६८ करोड पाँच लाख ४३ हजार पाँच सय ३६ बराबर रहेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४० करोड ८२ लाख ४७ हजार आठ सय ८८ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु आठ करोड ६८ लाख ५२ हजार छ सय ९२, हिमालयन डिस्टिलरी रु पाँच करोड ८७ लाख ७९ हजार एक सय २९, महालक्ष्मी विकास बैंक रु पाँच करोड ८७ लाख २४ हजार नौ सय तीन, नेपाल दूरसञ्चार कम्पनी रु पाँच करोड ६१ लाख ७१ हजार पाँच सय ५० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














