सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्ड प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्यावलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । याङ्कीले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्र कार्यालयकी वरिष्ठ नीति सल्लाहकार भएर काम गरिसकेकी छिन् ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयको प्रस्तावमा याङ्कीलाई लगानी बोर्ड सीईओ नियुक्त गरिएको हो । दुई दर्जन बढीले लगानी बोर्ड सीईओमा आवेदन बाट सीईओ नियुक्तिका लागि सिफारिस समितिले तीमध्ये ८ जनाको नाम संक्षिप्त सूचीमा राखेको थियो । त्यसपछि समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि याङ्की, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो । तीमध्ये याङ्कीलाई सरकारले सीईओ नियुक्त गरेको हो । नले बेलायतको अक्स्फोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी छिन् । उनले सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, विकास अर्थशास्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकास लगायत क्षेत्रमा विशेषज्ञता हासिल गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ