काठमाडौँ, ३१ भदौ
नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघिका पाँचवटै संस्करणको विजेता भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केही बेर अघि सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गरेको हो । नेपालले महिला साफ च्याम्पियनसिपमा पहिलो पटक भारतलाई पराजित गरेको हो । मध्यान्तर अघिको खेलमा गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो । पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।


नेपालले फाइनल खेल सोमबार बङ्गलादेशसँग खेल्ने छ । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














