काठमाडौँ, ४ कात्तिकः उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिनुभयो ।

गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गर्नुभएको थियो ।
—

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ