निर्वाचन आचार संहिताविपरीत काम गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य व्यक्तिलाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले बिहीबार कार्यालय प्रमुखहरूलाई आचार संहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको हो।
आयोगले त्यस्ता कर्मचारी, शिक्षक तथा अन्य व्यक्तिलाई विभागीय कारबाही प्रारम्भ गर्न निर्दशन दिएको हो। आयोगको निर्देशनबमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोग सचिवालयले कारबाही प्रारम्भ गर्ने चेतावनी पनि दिएको छ।


त्यसैगरी आयोगले निर्वाचन आचार संहिताको कार्यान्वयन भए नभएकोबारे अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई पनि निर्देशन दिएको छ।
आचार संहिता उल्लंघन तथा निर्वाचन खर्चको अनुगमन गर्न आयोगले प्रहरी र अनुसन्धान विभागका स्थानीय संरचना परिचालन गर्न भनेको हो। दल तथा उम्मेदवारबाट भए गरेका विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन पनि आयोगले निर्देशन दिएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










