
काठमाडौँ, ६ मङ्सिर
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ ।
कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एक/एक गोल गरे ।


नेदरल्यान्ड्सले दुबै गोल खेलको दोस्रो हाफमा ग¥यो । खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत् उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरेका थिए ।
जितसँगै नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । आज राति १२ः४५ बजे कतारको अल अहमद रङ्गाशालामा वेल्स र अमेरिकाबीचको प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














