मोरङ, ९ मङ्सिर
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का लालबाबु पण्डितले २२ हजार नौ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले नौ हजार एक सय ४० मत प्राप्त गर्नुभएको छ ।


निर्वाचन क्षेत्र नं ६(२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की १० हजार चार सय ५० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














