सरिता गैह्रे, काठमाडौं
मनोहरा जेसीजको सातौ वार्षिक साधारणसभा आज कागेस्वारी मनोहराको थलिमा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा प्रमुख अतिथी नेपाली कांग्रेस कागेस्वरी मनोहरा नगर सभापती एबम् मनोहरा जेसीजका मानार्थ सदस्य उद्धब दाहालले युवाहरु देशको मेरुडण्द रहेकोले राज्यले युवाहरुलाई सही मार्गदर्शन गर्नु पर्ने बताउनु भयो। युवा परिवर्तनलाई छिटो आत्मसाथ गर्न सक्छन भन्दै जेसीज सिक्ने सिकाउने ठाउँ भएकाले आफुले जानेका कुरा समाजलाई सिकाउन युवा आँफै लाग्नु पर्ने बताउनु भयो ।
मनोहरा जेसीज बर्ष २०२२ का अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासचिबको वार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष आर्थिक प्रतिबेदन सर्वसम्मतिले पारीत गरेको थियो । साधारण सभाले बर्ष २०२३ का लागि नयाँ कार्य समिती निर्वाचित गरेको छ । साधारण सभामा २०२३ का लागी उमेद्ववारी दिएका उमेद्ववारहरुलाई नेपाल जेसीज बर्ष २०२३ कि कार्यकारीणी उपाध्यक्ष रजनी थापाले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणमा थापाले जेसीजको ईतिहास, जेसीज के हो ? नेपाल जेसीजको स्थापना,जेसीजले युवाहरुलाई कसरी सक्षम बनाउन सक्दछ भन्ने बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । नेपाल जेसीज बर्ष २०२३ कि कार्यकारीणी उपाध्यक्ष रजनी थापा मनोहरा जेसीज बर्ष २०१९ की शाखा अध्यक्ष र सर्वाधिक मत सहित नेपाल जेसीज बर्ष २०२१ कि राष्ट्रिय उपाध्यक्ष हुनुभएको थियो भने २०२३मा समेत सर्वाधिक मत सहित नेपाल जेसीज बर्ष २०२३ का लागि राष्ट्रिय कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।


निर्वाचन अधिकृत तथा निवर्तमान अध्यक्ष सागर रोक्काका अनुसार २०२३ का लागि शाखा अध्यक्षमा सुजिन प्रकाश थापा, कार्यकारिणी उपाध्यक्षमा उमेश भट्टराई र पावल बज्राचार्य, उपाध्यक्षमा मालती रसाईली, सुरेन्द्र थापा,दिपेश त्रिखत्री,प्रनिश खड्का सर्वसम्बत निर्वाचित भएको जानकारी गराउनु भयो । २०२३ का अध्यक्ष तथा पदाधिकारीहरुलाई सस्थापक अध्यक्ष जगतराज ढुंगानाको उपस्थितिमा निर्वाचित भएको घोषणा गर्नु भएको थियो । नव निर्वाचित अध्यक्ष सुजिन प्रकाश थापाले मनोहरा जेसीजलाई उत्कृष्ठ बनाउदै युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गदै सवल नेतृत्व उत्पादन गरेर समाजलाई सहि दिशा प्रदान गर्ने सक्षम बनाउन लाग्ने प्रतिवद्धता प्रकट गर्नु भयो । साधारण सभाले चाडै नै पदस्थापन कार्यक्रम आयोजना गरी २०२३ का पदाधीकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण गर्ने वताएको छ । अध्यक्षले पदस्थापन कार्यक्रममा २०२३ का लागि महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार, सचिव लगाएत मनोनित गर्ने कुरा २०२२ का अध्यक्ष दिनेश अर्यालले बतउनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














