सरिता गैह्रे, काठमाडौं
नेपाली काङ्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाले नेपाल जेसीज युवाहरुका लागि नेत्रित्व सिक्ने विस्वविद्यालय रहेको बताउनु भएको छ । मनोहरा जेसीजको सातौ पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै बानियाले सो कुरा बताउनु भएको हो । देश मा युवाहरुले नेत्रित्व लिन नपाउदा देश सही बाटोमा नहिडेकोले जेसीज युवाहरु नेत्रित्व लिन अगाडि बढ्नु पर्ने बताउनु भयो । बानियाले भन्नु भयो – “तपाईं जेसी युवाहरु नेत्रित्व कसरी गर्ने, सुशासन कसरी स्थापित गर्ने यस सस्थाबाट सिक्नु भएको छ अब जेसिजको मात्रै होईन देशको नेत्रित्व लिएर भ्रस्ट्रचारको अन्त्य गर्दै बिधिको शासन स्थापित गर्न लाग्नुहोस् । ”
मनोहारा जेसीजको उक्त कार्यक्रममा नेपाल जेसिजका बर्ष २०२३ का राष्ट्रिय अध्यक्ष बिकास मानन्धरले मनोहरा जेसीज सक्षम नेतृत्व उत्पादनमा सधै अब्बल शाखा रहेको वतााउनु भयो । कार्यक्रमा बोल्दै नेपाल जेसीजका पुर्व अध्यक्ष सुसिल बाबु श्रेष्ठ मनोहरा जेसी सधै ईतिहास रच्ने शाखाको रुपमा रहेको बताउनु भयो। कार्यक्रममा नेपाल जेसिज बर्ष २०२३ का कार्यकारीणी उपाध्यक्ष राजनी थापा, निरुपित राष्ट्रिय उपाध्यक्ष वीर बहादुर बेगा, गोकणेस्वर नगरपालिकाका नगर प्रमुख, सस्थापक अध्यक्ष लगाएतले बर्ष २०२३को कार्यसमितिलाई शुभकानमा मन्तयद्वारा सफलताको कामना दिएका थिए । पौष १९ गते सम्पन्न शाखाको सातौ अधिबेशनले सुजिन प्रकाश थापालाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको थियो । पदस्थापना कार्यक्रममा मनोहरा जेसीज बर्ष २०२२ मा उत्कृष्ट कार्य गर्ने महासचिब अस्मिता बोहरा,कार्यकारी उपाध्यक्ष तुलसा आचार्य, र कोषाध्यक्ष उमेश भट्टराईलाई क्रमस जेसीज युथ, डाईनामिक लिडर र स्मार्ट प्रस्नालिटी उपाधी बाट सम्मान गरिएको थियो ।


पदस्थापना कार्यक्रममा अध्यक्ष सुजिन प्रकाश थापाले शाखाले बर्ष २०२३मा नेत्रित्व बिकास र सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने लक्षका साथ ५१ सदस्य कार्यसमितिको घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














