सरिता गैह्रे, काठमाडौं
मनोहरा जेसीजद्वारा सहिदको सम्झनामा सहिद गेटमा दिप प्रज्वलन गरेको छ । २००७ सालमा प्रजातन्त्र स्थापना गर्नका लागि संघर्श गरिरहेका ४ शाहीदलाई तत्कालिन सासकले फासिको सजाय दिएको थियो । त्यस लगत्तै जन आन्दोल मार्फत देशमा प्रजातन्त्रको स्थापना भएको सम्झनामा हरेक बर्ष माघ १६ गते सहिदको सम्झनामा सहिद दिवस मनाईने गरिन्छ । कार्यक्रममा मनोहरा जेसीजका कार्यकारीणी उपाध्यक्ष उमेश भट्टराईले शहिदलाई अहिलेको राज्य तहमा बिर्सिएपनी जनताले बिर्सिन नसक्ने बताउनु भयो ।

मनोहरा जेसीजले २०२३मा गरिने कार्यक्रमको तालिका अनुसार नै आजको दिप प्रज्वलन कार्यक्रम गरिएको मनोहरा जेसीज बर्ष २०२३ का अध्यक्ष सुजिन प्रकाश थापाले बताउनु भयो । दिप प्रज्वलन कार्यक्रम गैर सरकारी सस्था सम्योजक अरुण श्रेष्ठको सम्योजकत्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ