सरिता गैह्रे, स्याङ्जा,

गण्डकी प्रदेश सरकार, भौतिक पुर्वाधार बिकास मन्त्रालयको बजेट सहयोगमा सालीग्राम मार्गको गल्याङ चापाकोट सडक खन्ड स्तरवृद्धि र फराकिलो पार्न सुरु गरेको छ । साँघुरो सडकका कारण ग्रामीण भेगमा दुर्घटना बढेको भन्दै जन गुनासो बढन थालेपछी गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले यो सडकलाई प्रदेशको गौरव योजनाका रुपमा अगाडि बढाउन पटक पटक प्रदेश सभामा आवाज उठाएका थिए । उनै भट्टराईको पहलमा भौतिक योजना तथा निर्माण मन्त्रालयको बजेट बिनियोजन गरी सडक फराकिलो पार्न सुरु गरिएको हो ।

पहिलो चरणमा गल्याङ चापाकोट सडक खण्डमा फराकिलो पार्ने र पक्की पर्खाल उठाउने काम सुरु गरिने कुरा प्रदेश सदस्य महेश भट्टराईले बताए ।

सालीग्राम मार्ग अन्तर्गत तनहुँको देबघाट धाम देखी चापाकोट, गल्याङ मिर्मी हुँदै गुल्मीको रिणी सम्म रेखान्कन गरी स्तरोन्नतीको कार्य सुरु गरिएको छ । जस अन्तर्गत चापाकोट खण्डको अधिकाङस भाग पुर्व प्रदेश सदस्य भागवत प्रकाश मल्लको कार्यकालमै सम्पन्न भएको थियो भने बाँकी खण्डको काम अहिले सुचारु  छ । यस सडकको स्तरोन्न्तीको कार्यले गल्याङ क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा टेवा पुग्ने काली गण्डकी यातायात प्रा लि का निवर्तमान अध्यक्ष सुर्य प्रशाद चापागाईले बताए ।

सडकको स्तर वृद्धिका लागि प्रदेश सरकारले छुट्याइएको बजेटमार्फत सो खण्डमा काम सुरु गरिएको छ । गल्याङ नगरपालिका र चापाकोट नगरपालिका जोड्ने यस सडकको केही भागमा स्तरवृद्धिको काम सुरु गरिएको पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
प्रदेश सदस्य भट्टराईको सकृयातामा गल्याङ ११ दिमिक बाट गल्याङ ३ छर्ती हुँदै पाल्पाको रम्बा गाउपलिका १ असेर्दी जोड्ने सडक स्तरोन्न्तीका लागि प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्रालय बाट एक करोड बिनियोजन भएको छ। स्तरोन्न्तिको कार्य आ ब २०८० – ०८१ को चैत्र महिना सम्म सम्पन्न गरिने लक्ष राखी काम अगाडि बडाउने गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रशाद भट्टराईले विश्व समाचारलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ