बिकास पत्रकारिता
गर्मी समय त्यसमा पनि तपाईंको घरमा खानेपानीको अभाव रह्यो भने के हुन्छ एक पटक सोचौं त?? हो लामो समयदेखि यस्तै समस्या भोगिरहेका थिए गल्याङ नगरपालिका वडा न ११ जिमुवा टोलका स्थानीयहरु। उनिहरुको त्यो समस्या एक हप्तामै समाधान गरिदिएर काकाकुल जनतालाई एक हप्तामै पानी खुवाउन सफल भएका छन गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई । गल्याङ ११ जिमुवाका स्थानियहरु लामो समय देखि खानेपानीको समस्याले ग्रसित भएको र एक हप्ता अगाडि नगर प्रमुख भट्टराईलाई जानकारी गराएपछी तत्काल काम अगाडि बढाई सबैले पिउन पाउने गरि ब्यबस्थापन भएको छ।
जिमुवा गाउमा रहेको बस्तिमा खानेपानीको समस्या समाधान भए सङ्गै त्यहाका करिव १५० घरधुरिका स्थानीयहरुलाई खानेपानी मात्र नभइ गाइबस्तु र घरका अन्य कार्यकालागी समेत यो पानी प्रयोग हुने भएकाले नगरपालिका र विशेषगरि नगर प्रमुख गुरु प्रसाद भट्टराईलाई स्थानियहरुले धन्यवाद ज्ञापन समेत गरेका छन।
आज आयोजित उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख भट्टराईले म पात्र हु तपाईं हाम्रो यस खाले समस्याको समाधानमा सदैव कटिबद्ध रहनेछु खानेपानीको दीर्घकालीन समाधानका लागि काम गर्नेछु। भन्दै एकाकार भएर नगरपालिकाको समृद्धिको यात्रामा सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
गल्याङ नगरपालिका वडा न ११ का वडाध्यक्ष दल बहादुर सिङ्जालीले स्थानीय आवश्यकता र अभाव पुर्तिका लागि सफल प्रयास गरिदिनुभएकोमा नगर प्रमुख र नगरपालिकालाई नै विशेष आभार ब्यक्त गरे। खानेपानी ल्याए सङ्गै स्थानियहरु खुशी भएको र तत्काल समस्याको समाधान गरिदिएको मा नगर प्रमुख प्रती आभार प्रकट गरेका छन् ।
स्थानिय वडासदस्य मोहन डुम्रे भन्छन् “यो ठाउमा लामो समय देखि खानेपानी अभावले प्रताडित थियो अहिलेको नगर प्रमुखले करिव ८ लाख बराबरको कार्यक्रम हामिले जानकारी गराउने बित्तिकै गराइदिनुभयो यसबाट स्थनियहरु खुशी रहेका छन” र यस्तै खाल्का कामहरु गरिरहनेमा बिस्वस्त समेत रहेका छौ । त्यस्तै स्थानिय सरस्वती डुम्रेले आफुहरुले चाहेको भन्दा पनि जनताको भावना बुझ्ने प्रतिनिधि पाएको बताईन ।
गल्याङ नगरपालिकाले करिव ८ लाख लागतमा यो योजना निर्माण गरि एक हप्तामै सम्पन्न हुनेगरी काम अगाडि बढाएको थियो । यो काम सम्पन्न पश्चात सुकेको गाउलाई नै हरियाली महशुस गरेको स्थानीय नर्वदेश्वर मिश्रले विश्व समाचारलाई बताए ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














