काठमाडौँ,

२४ भदौ
कुमारी क्लबले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित मगरगाउँमा रहेको मन्दिरमा विधिपूर्वक पूजा भएको हो । परापूर्वकालदेखि कुमारीको मूर्ति रहेको विश्वास गरिएको उक्त स्थानमा केही वर्ष अगाडिदेखि मन्दिर निर्माण गरी नित्य तथा विशेष पूजा सञ्चालन गरिएको छ ।

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले धार्मिक महत्वका प्राचीन विषयवस्तुको इतिहास तथा महत्वबारे थप अनुसन्धान गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य बिना श्रेष्ठ सहभागी हुनुभएको समारोहमा कामपा–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मन्दिरको संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ९ (क) का सभापति मोहन बस्नेतले विविध जाति, धर्म, संस्कृतिले भरिएको नेपाली समाजमा विद्यमान सबै पर्व तथा संस्कृतिले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गर्नुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ