काठमाडौँ,
२ भदौ
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार सात सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














