बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया-२ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् ।संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ ।


दल नेतामा चयन भएका गंगा चौधरीले उक्त निर्णयबारे सचिवालयलाई सोमबार जानकारी गराइने बताए । गत फागुनमा संघमा राजनीतिक समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद थियो ।
श्रेष्ठ नयाँ समीकरणलाई सघाउने र चौधरी कांग्रेससहितको समीकरणको पक्षमा उभिएकी थिईन् । सोही विवादकाबीच श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन् । विवादकै कारण सुदूरपश्चिममा समेत प्रदेश सभा सदस्यहरू विभाजित छन् ।
रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सरकारमा सहभागी भएका बेला रेशम पक्षका अन्य पाँच जना भने कांग्रेससँगै प्रतिपक्षी बेन्चमा बसेका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










