मिसन ०८४ लक्ष्य बनाएर पार्टी गतिविधि सञ्चालन गर्दै आएको नेकपा एमालेले नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ । गत वर्ष असारदेखि व्यापक जिम्मेवारी हेरफेरसहित नेताहरूलाई फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिइएको थियो । उक्त जिम्मेवारीमा रहेर एक वर्षसम्म काम गरेका नेताहरूलाई अब नयाँ जिम्मेवारी दिइनेछ ।
एमालेको बुधबार बसेको सचिवालय बैठकमा यो प्रस्ताव पेश भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। उनकाअनुसार दोहोरो जिम्मेवारी नदिइने मापदण्ड अध्यक्ष ओलीका हकमा भने लागू हुने छैन। ‘यो एमालेको प्रचलनकै कुरा हो। विगतमा पनि हामीले यस्तो अभ्यास गरेका थियौं,’ उनले भने, ‘अहिले यो सचिवालय बैठकको एजेन्डाको रूपमा आएको छ। विस्तृत छलफल हुन बाँकी नै छ।’


सचिवालय बैठकले यसअघि आफ्नो जिल्लाभन्दा फरक कार्यक्षेत्र हुने गरी गरेको कार्यविभाजन पनि परिवर्तन गर्ने भएको छ। योसँगै विभाग प्रमुख, उपप्रमुख, प्रदेश, जनसंगठन, भूगोलको इन्चार्ज फेरिनेछन्। यसअघि एक जिल्लाको नेतालाई अर्को जिल्लाको इन्चार्ज बनाएर पठाएको भन्दै पोलिटब्युरो तहका नेताहरूले पनि असन्तुष्टि जनाएका थिए। कतिपयले त ‘सिडिओ सरुवा गरेझैं’ इन्चार्ज परिवर्तन गरेको भन्दै असन्तुष्टि जनाएका थिए।
‘यसपटक हामीले इन्चार्जको मात्रै भूमिका राख्न लागेका छौं। सबैलाई इन्चार्जकै जिम्मेवारी दिने तयारी अन्तर्गत यो प्रस्ताव आएको हो,’ उनले भने। राजकीय (मन्त्री) जिम्मेवारीमा रहनेलाई भूगोल र विभागको जिम्मा पनि नदिइने उनले बताए।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










