काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि घरेलु कोर्टमा नेपाल आज भारतसँग भिड्दैछ । फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल संघले जनाएको छ । सेमिफाइनलमा नेपालले इरानलाई तथा भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका हुन् ।


यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो ।
लिग चरणको प्रदर्शनलाई कायम राख्दै भारतलाई फेरि हराएर नेसन्स लिगको उपाधि घरमै राख्ने नेपालको लक्ष्य छ । त्यो लक्ष्यबाट नेपाल अब एक कदम मात्र मात्र टाढा छ । उता पहिलो पटक नेपालसँग पराजित भएको भारत पनि फाइनलमा त्यसको बदला लिंदै उपाधि जित्ने लक्ष्यमा छ ।
लिग चरणमा नेपाल र भारतबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । जहाँ नेपालले भारतलाई २५-१८, १२-२५, २५-१७, २५-१८, १५-१३ ले पराजित गरेको थियो । पछिल्लो पाँच वर्षमा नेपालले भारतसँग ५ पटक खेल्दा पहिलोपटक पराजित गरेको हो । सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल भारतसँग पाँच सेटमै खेलमा पराजित भएको थियो । त्यसअघि समूह चरणमा नेपाल सोझो सेटमा पराजित भएको थियो ।
यस्तै गतवर्ष काठामाडौंमै भएको काभा वुमन्स च्याल्नेज कप र चीनको हान्जाउमा भएको १९औं एसियाडमा नेपालभ रतसाग समान ४-१ ले पराजित भएको थियो । भारतलाई पहिलोपटक हराउने लक्ष्य पूरा गरिसकेको नेपाल अब फाइनलमा पराजित गर्दै १३औं सागको फाइनलमा व्यहोरेको हारको बदला लिने योजनामा छ ।
नेपालको मुख्य स्पाइकर निरुता ठगुन्ना र उषा भण्डारी हुन् । उनीलाईलाई फरक तरिकाले खेलाउँदा नेपाल सफल भएको थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालले लिग चरणमा इरानविरुद्ध प्रतिस्पर्धात्मक खेल हारेपछि रणनीतिमा परिवर्तन गर्दै त्यही इरानविरुद्ध सेमिफाइनलमा सोझो सेटमा जित निकालेको थियो । यसबाट पनि नेपाली टोली उत्साहित छ ।
नेपाल र भारत फाइनल पुग्दा अहिलेसम्म दुवैले समान ५ खेल खेलेका छन् । जसमा दुवैले ४ खेल जित्दा १ खेलमा पराजित भएका छन् । नेपाल लिग चरणमा इरानसँग पराजित भएको थियो भने भारतलाई लिगमा नेपालले हराएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














