काठमाडौँ, ११ भदौः


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही भदौ १६ गते दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठक यसअघि भदौ १२ गते बस्ने निर्धारण गरिएकामा यस अवधिमा सङ्घीय संसद् बैठक नियमित भएकाले कांग्रेसको बैठक भदौ १६ गतेका लागि तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उक्त बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










