पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् ।ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन् ।

आज काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा पलेसाले भनिन्, ‘यो सफलता मेरो मात्र होइन । सबैको लागि हो । अब हामी गौरवका साथ भन्न सक्छौं हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

स्वागत कार्यक्रममा पलेसाले आफूलाई एकदम खुसी लागिरहेको बताइन् । ‘म एकदम खुसी छु । मेरो यति धेरै हाइट हुन्छ भन्ने लागेको थिएन,’ उनले भनिन् । उनले ओलम्पिक पदकको लामो समयदेखिको प्रतिक्षा पूरा भएको बताइन् । नेपालका खेलाडीहरु पनि ओलम्पिकमा पदक जित्नलायक छन् भन्ने यो प्रमाण भएको उनले बताइन् । ‘सबैलाई नेपालले मेडल जित्दैन कि जस्तो लागेको थियो । तर मैले ल्याएँ’, उनले भनिन्, ‘सबै युवा तेक्वान्दो खेलाडिहरुले पनि देखिसक्नुभयो कि यो सम्भव छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ