नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले केन्द्रीय समितिको बैठक बोलाएको छ । ५ र ६ असोजमा बैठक बस्ने तरुण दलले जनाएको छ ।छलफलको एजेण्डामा विधानको संशोधित मस्यौदाका विषयमा भएको तरुण दलका कार्यालयमा मुख्य सचिव ठानप्रसाद पोखरेलले जानकारी गराए ।
धनराज तुम्बाहाम्फेको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले तयार गरेको विधानलाई केन्द्रीय समितिले छलफल पछि पारित गर्ने छ । मस्यौदा समितिले तयार गरेको संशोधित विधानको व्यवस्थामा अध्यक्ष, उपाध्यक्ष तीन (एक मनोनित), महासचिव दुई (एक मनोनित), तीन सचिवमा एक मनोनित, एक कोषाध्यक्ष मनोनित हुने गरी पदाधिकारीको व्यवस्था राखिएको छ।


जिल्ला अध्यक्ष वा केन्द्रमा एक कार्यकाल कार्यसमितिमा रहेको व्यक्ति अर्को पटक केन्द्रीय अध्यक्षमा उठ्न चाहे पाउने गरी विधानमा व्यवस्था गरिएको छ । विद्धान गुरुङको नेतृत्वमा रहेको तरुण दलको ४०१ जनाको तदर्थ समिति रहेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










