नेपाली कांग्रेसको भ्रातृ संस्था तरूण दलले विधान संशोधन गरेको छ । विधान मस्यौदा समितिले तयार गरेको विधानलाई अध्यक्ष विद्धान गुरुङको नेतृत्वमा ५ र ६ गते बसेको तरुण दलको केन्द्रीय समिति बैठकले पारित गरेको छ । संशोधित विधान अनुसार केन्द्रीय समितिको संख्या ९९ जनाको बनाइएको छ । यस अघिको विधानको अनुसार ९५ जना केन्द्रीय सदस्य हुने व्यवस्था थियो ।
उपाध्यक्ष ३, महासचिव २, र सचिव ३ जना हुने गरी विधान बनाइएको छ । अध्यक्षले उपाध्यक्ष, महासचिव, सचिव, उपाध्यक्ष १,१ गरी चारजना पदाधिकारी मनोनित गर्ने व्यवस्था राखिएको छ । केन्द्रमा १२ वटा विभाग रहने गरी विधान बनाइएको छ ।


तरुण दलको पदावधि तीन वर्ष बनाइएको छ । तीन वर्षभित्र महाधिवेशन गर्न नसकेको अवस्थामा बढीमा 6 महिना बढाउन पाउने गरी विधान संशोधन गरिएको छ । सम्सोधित विधान नेपाली कांग्रेस केन्द्रिय समितिको वैठकले पारित गरेपछी लागु हुने विधान मस्यौदा समिति संयोजक धनराज तुम्बाहाम्फेले बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














