एमआरपी भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको भन्दै बसेरा बुटिक होटेललाई विभागले तिरायो तीन लाख जरिवाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ । त्यस्तै महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको छ । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ ।
विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ । केही दिनअगाडि होटेल संघ नेपाल (हान)ले विभागबाट होटेलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफु मातहतका ३ सय भन्दा धेरै होटेलमा पठाएको थियो । सो परिपत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।


तस्विर: सामाजिक संजाल
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














