इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरे अर्थात् ‘हिमालयन चितुवा’ बिहीबार नेपाल आएका छन् । जापानबाट ६ वर्षपछि नेपाल आएका उनलाई त्रिभुवन विमानस्थलमा चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
विमानस्थलमा कुरा गर्दै उनले धेरै समयपछि नेपाल आउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन् । आफ्ना बुबा देव घिमिरेसँग प्रशिक्षण लिइरहेको बताउने उनले अब आफ्नो नेपाल बसाइका क्रममा अन्य खेलाडीहरूलाई पनि अनुभव बाँड्ने बताएका छन् ।


उनले गत महिना जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा विजयी हुँदै वर्ल्ड च्याम्पियन हुन सफल भएका थिए । उनले हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका छन् ।
युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














