स्थानीय तहमा रिक्त ४१ जनप्रतिनिधि चुन्न उपनिर्वाचन भइरहेको छ । बिहानैदेखि मतदाताहरु लामबद्ध भएर मतदानमा भाग लिइरहेका छन् ।उपनिर्वाचन हुने स्थानीय तहमा सरकारले आज एक दिन सार्वजनिक बिदा समेत दिएको छ । नगरपालिकाको प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको छ । बिहान सात बजेदेखि सुरु मतदान साँझ ५ बजे सम्पन्न हुने छ ।

कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख तथा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।बाँकी स्थानीय तहमध्ये कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचन चासोको केन्द्रमा छ । यहाँ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, स्वतन्त्रसहित २० जना उम्मेदवार छन् । कीर्तिपुरकै वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि पनि उपनिर्वाचन भइरहेको छ ।

कीर्तिपुरमा मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको छ । यसैगरी काठमाडौंको वडा नम्बर १६ मा वडाअध्यक्ष पदका लागि मतदान भइरहेको छ । वडा नम्बर १६ का मुख्य निर्वाचन अधिकृत कमल पोखरेलको कार्यालय पनि त्यहीँ रहेकाले मतगणना पनि त्यहीँ हुनेछ ।

काठमाडौंको हकमा सबै ठाउँमा मतदान शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ । ‘काठमाडौं जिल्लाभित्रको कुरा गर्नुपर्दा आजै मतगणना सुरु गरेर सकेसम्म आजै राति वा भोलि बिहानसम्म परिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ