नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न १० वटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति देउवाले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल थारु संघको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।
२०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा ती संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


जसमा नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक डा।प्रकाशशरण महत,सदस्यमा पुष्पा भुसाल र रुक्मिणी कोइराला, नेपाल किसान महासंघको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल सदस्यहरुमा राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठ, नेपाल भूतपूर्व सैनिक संघको संयोजक केन्द्रीय सदस्य एनपी साउद सदस्यमा टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बू, तोकिएका छन् ।
त्यसैगरी नेपाल लोकतान्त्रिक खेकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत,सदस्यहरुमा उमेशजङ्ग रायमाझी र गणेश लामा, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्य सदस्यहरुमा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ, ,नेपाल थारु संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा सदस्यमा डा गोपाल दहित र योगेन्द्र चौधरी, र नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा गोविन्दराज पोखरेल सदस्यमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल तोकिएका छन् । प्रत्येक समितिमा २ जना सदस्य छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














