नेपाल जेसीजले चितवनमा बिजनेश एक्स्पो गर्ने भएको छ। भरतपुर महानगरपालिकाको नारायणी नदीको तटमा नेपाल जेसीजले यहि चैत ७ देखि १८ गतेसम्म जेसीआई नेपाल बिजनेस एक्स्पो २०२५ पहिलो पटक गर्न लागेको हो। स्वदेशी उत्पादनलाई प्रवद्धन गर्ने उद्देश्यसहित जेसीजले यस्तो एक्स्पो आयोजना गर्न लागेको नेपाल जेसीज बर्ष २०२५ की राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाले विस्व समाचारलाई बनाउनु भयो । एक्स्पोले उद्यमी व्यवसायी र उपभोक्ताबीच पुलको काम गर्ने आयोजकले जनाएको छ।

एक्स्पोमार्फत व्यवसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान युवा स्वरोजगारको खोजी गर्ने अपेक्षा गरिएको छ। कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगै एक्स्पोलाई औद्योगिक फ्लेवरको रुपमा बिकास गर्न खोजेको आयोजकले जनाएको छ। पुँजी नभएका तर उद्यमीशिलता गर्ने चाहाना भएका युवाहरूका लागि नेपाल जेसीजले आयोजना गर्न लागेको एक्स्पो महत्वपूर्ण प्लाटफर्म हुने नेपाल जेसीज वर्ष २०२५ राष्ट्रिय अध्यक्ष रजनी थापाले बताउनु भयो ।

देशभर रहेका जेसीज सदस्यहरूको नेटवर्क मार्फत व्यवसायिक गतिविधि सञ्चालन गर्न सकिने भएकाले पुँजी नहुनेहरूका लागि जेसीजले सञ्चालन गर्ने हेरक गतिविधि महत्वपूर्ण हुने अध्यक्ष थापाको भनाइ छ।

ुदेशभर रहेका जेसीजका सदस्यहरूलाई समेत यो एक्स्पो महत्वपूर्ण छ। उद्यमशीलताका चाहाना भएका तर पुँजी अभाव भएकाहरूका लागि जेसिसको नेटवर्क नै महत्वपूर्ण छ। मुलुकभर रहेका जेसीजहरूसँग सम्बन्ध स्थापना गरेर ब्यापार प्रवर्द्धन गर्न सहज हुन्छ। यस एक्स्पोमा जेसीजमा रहेका युवा उद्यमीहरू पनि सहभागी हुँदै हुनुहुन्छ। यसका साथ देशभर नै रहेका १८ देखि ४० वर्षका युवा उद्यमीहरूलाई हामीले एक्स्पोमा जोड्ने लक्ष्य लिएका छौं। कृषि,पर्यटन, फाइनान्स, आईटी तथा एआई घरेलु उत्पादकहरू एक्स्पोमा सहभागी हुने हाम्रो अपेक्षा छु, थापाले बताउनु भयो

एक्स्पोमा २५० स्टल रहने आयोजकले जनाएको छ। एक्स्पोमा अनुमानित १० करोडको कारोबार हुने अपेक्षा आयोजकको छ। यस्तै यस एक्स्पोमा नविन प्रविधि, बैकल्पिक उर्जा, शिक्षा, स्वास्थ्य, पर्यटन, स्थानीय संस्कृति लगायतका सेवामूलक क्षेत्रहरूको समेत स्टल रहेने नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवं विजनेश सेक्टर प्रमुख गणेश सापकोटाले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ फागुनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिलसमेत गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभएको छ, “स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।” नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागनु ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ । लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गर्नुभएको छ । कावा प्रमुख आयुक्त भण्डारीले उल्लेख गर्नुभएको छ, “लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।” स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उहाँले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ”, उहाँले भन्नुभएको छ । –––

भर्खरै

ट्रेन्डिङ