चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ । दोस्रो विश्वयुद्ध अन्त्य भएको खुशीयाली मनाउन चीनले दर्जनौं मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूलाई बोलाएको थियो। चिनियाँ राष्ट्रिपति सी चिनफिङ रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लगायतका नेताहरूसँगै देखिएका थिए। तियानमेन स्क्वायरमा आयोजित सैन्य परेड समारोहमा विश्वका नेताहरुसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । बिहान ६:४५ बजेदेखि सुरू भएको परेड साढे ८ बजेपछि सकिएको थियो। हजारौं सैनिकहरुको परेडको सुरूमा राष्ट्रपति सीले सम्बोधन गरेका थिए। परेडमा अत्याधुनिक हतियारहरू पनि देखाइएको थियो।
जापानीहरुले गरेको आक्रमणमा विजय हासिल गरेको दिनको स्मरणमा हरेक वर्ष चीनले विजयोत्सव मनाउँछ । यो ८० औं विजयोत्सव कार्यक्रम हो । ‘भिक्ट्री–डे’को अवसरमा आयोजित यस कार्यक्रममा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्यांकसहितका हातहतियार प्रदर्शन गरेका छन् । बेइजिङको आकासमा १४ रंग छर्दै जे–१० एरोबेटिक्स विमानले एयर सो प्रदर्शन गरेका थिए ।







तस्बिरः रासस/सिन्ह्वा
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














