अन्नपूर्ण बेसक्याम्प तिलिचो बेसक्याम्प, मनाङ बजार, हुम्दे, पिसाङ लगायतका क्षेत्रमा गएरातिदेखि बाक्लो हिमपात भइरहेको छ । अन्नपूर्ण गाउँपालिका ११, अन्नपूर्ण बेसक्याम्पमा हिमपात भएको हो । ४ हजार १३० मिटर उचाइमा रहेको बेसक्याम्पमा आन्तरिक तथा बाह्य पर्यटकहरु छन् । उनीहरु हिउँमा रमाइरहेका छन् । मनाङका विभिन्न स्थानमा हिमपात भएको छ । तिलिचो बेसक्याम्प, मनाङ बजार, हुम्दे, पिसाङ लगायतका स्थानमा हिमपात भएको हो ।

हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएपनि बालीनाली सप्रिने भएकाले स्थानीय भने खुसी छन् । अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको असरले नेपालमा आज र भोलि वर्षा तथा हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । घुम्न गएकाहरु हिउँ खेल्न पाउँदा रमाएका छन् । वर्षा र हिमपातले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले कृषि क्षेत्रका जानकारहरु बताउँछन् ।

तस्विर सामाजिक संजालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ