नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्। थापा वर्ष २०२६ का लागि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय जेसीज अभियानमा थापा संलग्न रहँदै आएकी छन्।
नेपाल जेसीजले १५ वर्षपछि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा नेपालको प्रतिनिधित्व हुनुलाई गौरव र उपलब्धिमूलक भनेको छ। नेपाल जेसीजले सन् २०११ मा पछिल्लो पटक अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो।


विश्वभरका सक्रिय र जिम्मेवार युवा नागरिकहरूको नेतृत्व विकास गर्ने संस्थाको रुपमा परिचित जुनियर च्याम्बर इन्टरनेसनल–(जेसीआई) को मूल उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउने युवा अभियन्ताहरु तयार गर्नु रहेको छ । सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा स्थापना भएको यो संस्था अहिले विश्वका २०० भन्दा बढी देशमा करिब ५ लाख सदस्यहरूसहित सक्रिय रुपमा रहेका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














