मनोहरा जेसीजको ११औ वार्षिक साधारण सभा तथा १०औ शाखा अधिवेशन सम्पन्न भएको छ । मनोहरा जेसीजका पूर्व अध्यक्ष सागर रोक्काको प्रमुख आतिथ्यता तथा बर्ष २०२५का अध्यक्ष उमेश भट्टराईको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभा तथा १०औ शाखा अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
अधिवेशनबाट मनोहरा जेसीजको बर्ष २०२६को लागि नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा शैलेन्द्र कुईकेल सर्वसम्मत निर्वाचित भएका छन् । भने कार्यकारी उपाध्यक्ष रूपेश खनाल र विबस न्यौपाने सर्वसम्मत निर्वाचित भएको मनोहरा जेसीज ११औ बार्षिक साधारणसभा तथा १०औ शाखा अधिवेशनका लागि निर्वाचन आयुक्त अस्मिता बोहराले जानकारी गराउनु भयो । जेसीजमा एक ब्यक्ति, एक पद, एक कार्यकालको नियम रहेको छ ।


उपाध्यक्षमा देवांस बस्याल, सुजन अधिकारी,सुजन पुडासैनी, सबिना खड्का निर्वाचित भएका छन् ।मनोहरा जेसीज बर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष शैलेन्द्र कुईकेलले हिजै कानुनी सल्लाहकारमा जेसि प्रसान्त खड्का, महासचिव जेसि दिपेश तिखत्री, कोषाध्यक्ष जेसि बिबेक थापा, सह कोषाध्यक्ष प्रशन्न थापा मनोनित गरेका छन् । समारोहमा मातृ शाखा धापासी जेसीजका पूर्व अध्यक्ष खेमराज अधिकारीले उमेद्धवारहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।
मनोहरा जेसीजको ११ओैँ वार्षिक साधारण सभा तथा १०ओैँ शाखा अधिवेशन शनिवार मूलपानीस्थित गृहम् रेष्टुरेण्टको भवनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














