देवघाटधाम जेसीजको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ। अधिवेशनले अर्जुन सुवेदीलाई अध्यक्षमा चयन गरेको छ ।

कार्यकारिणी उपाध्यक्षमा स्वस्तिका धिताल र  सुष्मा गुरुङ निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा जेसी अजित कुँवर, जेसी अर्जुन सापकोटा, जेसी सन्तोष सुवेदी तथा जेसी कर्णबहादुर गुरुङ निर्वाचित भएका छन् । निर्देशक पदमा जेसी सङ्गीता तामाङ, जेसी देवेन्द्र सापकोटा, जेसी गणेश तिवारी तथा जेसी स्वस्तिका आचार्य चयन भएका छन् ।
अधिवेशनबाट मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकारमा जेसी सुजन गुरुङ, महासचिवमा जेसी माधव न्यौपाने, कोषाध्यक्षमा जेसी रक्षा कार्की, तालिम आयुक्तमा जेसी डा.सम्राट अधिकारी, सह–सचिवमा जेसी प्रद्युम्न प्याकुरेल तथा अध्यक्ष सहायकमा जेसी करिश्मा गुरुङ चयन भएका छन् ।

नव–निर्वाचित अध्यक्ष जेसी अर्जुन सुवेदीले देवघाटधाम जेसीलाई अझ सक्रिय, पारदर्शी र युवामैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेतृत्व विकास, सामाजिक सेवा तथा उद्यमशीलता प्रवर्द्धनलाई आगामी कार्यकालका प्रमुख प्राथमिकता बनाइने बताए ।

नव निर्वाचित तथा मनोनित सम्पूर्ण पदाधिकारीहरूलाई २०२५ अध्यक्ष जेसी प्रशन्न ढकालले देवघाटधाम जेसी परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ