काठमाडौँ, २८ मङ्सिर


एनपिएल क्रिकेटको दोस्रो संस्करणको समापनसँगै यसले नेपाली फ्रेन्चाइज क्रिकेटलाई मुलुककै महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आयोजित करिब एक महिना लामो प्रतिस्पर्धाले नेपाली क्रिकेट मनोरञ्जनको माध्यम मात्र नभई व्यावसायिकतातर्फ उन्मुख भएको सन्देश दिन सफल भएको छ ।
मुलुकमा राजनीतिक परिवर्तनपछि अन्योलपूर्ण अवस्थामा पनि बिना कुनै व्यवधान सफलतापूर्वक प्रतियोगिता सम्पन्न हुनु उल्लेखनीय उपलब्धि मान्न सकिन्छ । सरकारको प्राथमिकतामा रहेर वर्षामा पनि निरन्तर निर्माण कार्य जारी राख्दै फ्लडलाइट जडान गरी पहिलोपटक रातिको समयमा खेल सञ्चालन गर्नु, दशौँ हजार दर्शकहरुलाई बस्ने सिटको व्यवस्था हुनु एनपिएल सफलताका उदाहरण हुन् ।
यस्तै, निजी क्षेत्रले करोडौँ रुपैयाँ लगानी गर्दै अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीलाई आ–आफ्ना टिममा समावेश गरेकाले नै नेपाल तथा विश्वकै क्रिकेटप्रेमीले रोमाञ्चकारी प्रतिस्पर्धाबाट लाभान्वित हुने अवसर पाएका छन् । प्रत्यक्ष रुपमै लाखौँ दर्शकको आकर्षण देखिएपछि भर्खरै निर्माण तथा मर्मतसम्भार गरिएको कीर्तिपुर रङ्गशाला नै अब सानो भएको महसुस गराउन सफल एनपिएलले अब दीर्घकालीन रुपमा नेपाली खेलकुदकै ठूलो ब्राण्डका रुपमा स्थापित हुने स्पष्ट सङ्केत गरेको छ ।
एकपक्षीय फाइनल
गत वर्ष एनपिएल क्रिकेटको पहिलो संस्करणका बेला लुम्बिनी टिम सहभागी टिमहरुमध्ये सबैभन्दा पुछारमा पुगेपछि कप्तान रोहित पौडेलको आलोचना हुँदै आइरहेको थियो । कतिपयले उनलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारीबाटसमेत हटाउनुपर्नेजस्ता आवाज उठाउने गरेका थिए तर एनपिएल क्रिकेटको दोस्रो प्रतियोगितामा उनले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेर मोटरकार, मोटरसाइकल पाउनुका साथै विजेता ट्रफी उचालेर सशक्त कप्तानका रुपमा इतिहास रच्न सफलता प्राप्त गरेका छन् । शनिबार भएको फाइनलमा एकपक्षीय खेल बनाउन कप्तान रोहित नेतृत्वको लुम्बिनी लायन्स टिमले सफलता पाएको थियो ।
यसपाली संयोगले फाइनलमा नेपाली राष्ट्रिय टिमका कप्तान र उपकप्तानबीचको भिडन्त थियो । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स टिमले उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सको टिमलाई ६६ बल बाँकी रहँदै ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
गत वर्षको उपविजेता सुदूरपश्चिमाञ्चलले यसपाली लिग चरणमा सशक्त खेल प्रदर्शन गर्दै लगातार छ खेल जितेपछि उच्च मनोबलमा देखिएको थियो ।
गत वर्षको विजेता जनकपुर बोल्डस टिम लिग चरणै बाहिरिएपछि नयाँ उपाधि जित्ने होडमा सुदूरपश्चिम रहेको थियो । लुम्बिनी प्रदेशलाई समेत ७ विकेटले पराजित गरिसकेकाले आत्तिनुपर्ने स्थिति थिएन तर एनपिएलको फाइनलमा दुई पटक पुग्न सफल सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्नु नै घातकसिद्ध हुन पुग्यो । उक्त टिमलाई जित्नैपर्ने दबाब थियो तर ब्याटिङमा संयमता हुन सकेन । लगातार नौ विकेट गुम्नु पीडादायी थियो तर लुम्बिनी भने कुनै दबाबबिना फाइनलमा उत्रेको थियो । लुम्बि
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










