ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ । उनीहरूबीच आजै साँझ पुन: छलफल गर्ने तयारी गरिएको हो । यसअघि आज बिहानैबाट ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा बालेनले छलफल गरिरहेका छन् । रास्वपा नेता असिम शाहका अनुसार, सम्भवत भए आजै, नभए भोलि वार्ताको तयारी गरिएको छ ।
रवि पनि छलफलका लागि पुगेका थिए । त्यसपछि अहिले विभिन्न दलका नेताहरूसँग छलफल गरिरहेका छन् । स्रोतका अनुसार, रविले आफू पनि पार्टीको उच्च तहमा एकपल्ट कुराकानी गरेर पुन: आउने बताएर फर्किएका थिए ।


बेलुकीको बैठक अर्को ‘न्युट्रल भेन्यु’ मा राख्ने प्रस्ताव रविले गरेका थिए । बालेनले भने त्यसबारे केही जवाफ दिएका थिएनन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














