काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।

आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको एसपी भट्टराईले  जानकारी दिए । आगलागीपछि धुवाँको मुस्लो ठूलो फैलिएको छ । अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायताबाट आगलागी नियन्त्रणको प्रयास गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममाको आगलागीका कारण त्रिभुवन विमानस्थलका उडान र अवतरण प्रभावित बनेको छ ।

प्रहरीका अनुसार आगलागी करिब एक घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा आएको हो। काठमाडौँ महानगरको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ