काठमाडौँ, ३ फागुनः


आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ ।
लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५।२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।
––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














