१ चैत, गुल्मी ।

गुल्मीको रुरु गाउँपालिका–१ भटकुवामा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् ।

आइतबार बिहान करिब ११:२० बजेतिर घरको भान्सा कोठामा काम गरिरहेकी स्थानीय ५० वर्षीया मन्जु ज्ञवालीलाई चट्याङ लाग्दा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि रिडी प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

त्यस्तै सोही स्थानका ४७ वर्षीय मधु ज्ञवालीको घरमा चट्याङ पर्दा बिजुलीको तार जलेर नष्ट भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ