काठमाडौँ

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ ।  रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको हो । गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग भएको ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो ।सचिवालय सदस्य गणेश पराजुलीले विगतमा भएको ७ बुँदे सहमति बमोजिम  संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्ने जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ