काठमाडौँ, २६ चैतः
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सभामुखमा अर्याल निर्वाचित भएपछि उहाँहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो ।


भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यही चैत २२ गते सभामुखमा अर्याल निर्विरोध निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














