३० चैत, काठमाडौं


। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य र नाफा–घाटाका विषयमा सामाजिक सञ्जालमा फैलिएका भ्रामक र नकारात्मक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निगमले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेका कारण आफूहरूले पाक्षिक (१५ दिन) रूपमै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरिरहेको बताएको छ ।निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट चैत १७ (मार्च ३१) मा प्राप्त पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको खरिद लागत निकै उच्च छ । लागत मूल्यको तुलनामा आन्तरिक बजारमा मूल्य कम हुँदा निगमले भारी नोक्सानी खेप्नु परेको जनाएको छ ।निगमले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सबैभन्दा बढी घाटा एलपी ग्यास र डिजेलमा छ । मूल्य समायोजन गर्दा समेत निगमलाई प्रतिसिलिन्डर ग्यासमा ३ सय ३१ रुपैयाँ २५ पैसा र डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा घाटा भइरहेको छ त्यसैगरी, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र आन्तरिक तर्फको हवाई इन्धनमा ९२ पैसा प्रतिलिटर घाटा रहेको छ
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














