काठमाडौँ


। सङ्घीय संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश कार्की निर्वाचित भएका छन्।
समिति सभापतिमा उम्मेदवारी मनोनयनका लागि बिहीबार छुट्टयाइएको समयमा रास्वपा सांसद कार्की र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह (गरिमा)ले उम्मेदवारी दर्ता गराएकी थिइन् ।
प्रतिनिधि सभामा सहज बहुमत रहेको रास्वपाको यो समितिमा पनि बहुमत थियो । त्यसैले कार्कीलाई बहुमतका आधारमा सभापतिमा निर्वाचित भएको घोषणा गरिएको हो । शाहलाई नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले समर्थन गरेका थिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














